बल्ल भेटियो अर्थमन्त्रीले मध्यरातमा प्रस्तुत गरेपछि गायब भएको सुदूरको बजेट वक्तव्य


काठमाडौं, असार २ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले सोमबार अबेर राति ल्याएको बजेटको वक्तव्य झन्डै १८ घण्टापछि सार्वजनिक गरिएको छ । धामीले सोमबार मध्यरातमा प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रतिपक्षको बहिष्कारबीच प्रस्तुत गरेका थिए । धामीले कुल ३७ अर्ब ७० करोड ३९ लाख बजेट प्रस्तुत गरेका थिए । तर बजेट वक्तव्यमा चालु खर्च र पुँजीगत खर्चको रकम भने अझै खुलाइएको छैन ।

यति मात्र होइन वक्तव्यमा मन्त्रालयगत विनियोजन समेत लुुकाइएको थियो । अहिले सार्वजनिक बजेट वक्तव्यको पूर्ण पाठमा पनि छुटेका कुराहरु समावेश गरेको छैन । आर्थिक मामिला मन्त्रालयले भने केही प्राविधिक कारणले मात्र बजेट वक्तव्य सार्वजनिक गर्न ढिलाइ भएको दाबी गरेको छ ।

सार्वजनिक बजेट वक्तव्य हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्

https://docs.google.com/viewerng/viewer?url=https://presspatra.com/wp-content/uploads/2026/06/Bajet-Sudurpachism-.pdf&hl=en