अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकलाई १५ दिनभित्र सम्पर्क गर्न त्रिविको आग्रह


काठमाडौ । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब भत्ता फिर्ता गर्न सूचना जारी गरेको छ ।

त्रिविले सार्वजनिक सूचना जारी गर्दै अन्तिम पटक १५ दिनको समय दिइएको हो ।

‘अध्ययन बिदा उपभोग गरे पश्चात् विश्वविद्यालयको नियमानुसार सेवामा नफर्केका र फर्की पूरा अवधि सेवा नगर्ने शिक्षक तथा कर्मचारीहरूलाई सम्पर्कमा आउन सूचना प्रकाशित गरेका हो । तोकिएको समयमा सम्पर्कमा नआएम विश्वविद्यालयसँग गरिएको कबुलियतनामा एवं नियमानुसार कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ ।

सरकारले समेत अध्ययन बिदामा गएर नफर्किनेलाई कानुनी दायरामा ल्याउन तदारुकता दिएपछि रकम फिर्तासँगै नफर्किएका प्राध्यापकलाई सम्पर्कमा आउन १५ दिनको समय दिइएको हो ।