काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आफूहरूले एक महिनादेखि आवाज उठाउँदा सभामुखले समेत नसुनेको गुनासो गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको आफ्नो वक्तव्य सच्चाउनुपर्ने मागलाई दोहोर्याए । ‘प्रधानमन्त्रीले ती अभिव्यक्रि सच्याउनुपर्छ । ‘आज प्लेकार्ड बोकेर सदनमा विरोत्र गरेको पनि १६ दिन भइरकेछ । न हाम्रो कुरा प्रधानमन्त्री ज्युले मान्दिनु भयो ,न त सभामुखले सुन्दिनु भयो,’ उनले भने ।
सभामुखले समेत आफ्नो मागको सुनुवाई नगरेको भन्दै देश ढुङ्गाको हो कि मान्छेको भन्दै प्रश्न समेत गरे।
उनले भने ‘अब तपाईँले पनि नसुन्ने, उहाँले पनि नसुन्ने, अब कसैले कसैको केही पनि नसुन्ने । ढुङ्गाहरूको देश हो या मान्छेको देश हो, अचम्म लागेको छ ।’



प्रतिक्रिया