काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष नवराज सिम्खडासहित १०७ जनाले सामूहिकरूपमा पार्टी परित्याग गरेका छन् ।
जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको बताएका छन् ।
‘‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ,’ उनले भनेका छन् ।
यो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ पार्टीमा जाने तयारी रहको स्रोतले जानकारी दियो ।








प्रतिक्रिया