चितवन । आइतबार देखि जारी रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत आज दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने भएको छ । प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन नसकेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिए।
उनका अनुसार अहिले महाधिवेशन प्रतिनिधिको प्रवेश कार्ड वितरण सुरु भइसकेको छ ।
इस्टिमेट गरिएको तीन हजार महाधिवेशन प्रतिनिधिको संख्या बढेर ४२ सय प्लस हुँदा केही प्राविधिक त्रुटिका कारण सोमबार बन्दसत्र सुरु गर्न नसकिएको उनको भनाइ छ ।



प्रतिक्रिया