उपाध्यक्ष पौडेल पक्राउपछि एमालेले बालायाे संसदीय दलको बैठक


काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

सोमबार पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा सुर्खेतबाट पक्राउ गरिएपछि त्यसबारे धारणा बनाउन बैठक बोलाइएको हो ।

संसदीय दलको बैठक मंगलार दिउँसो २ बजे बस्ने गरी आह्वान भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे समसामयिक विषयमा छलफल गर्न दलको बैठक बोलाइएको जानकारी एमाले प्रतिनिधि सभाका प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

एमालेले आजै साँझ ६ बजे पार्टीको सचिवालय बैठक पनि बोलाएको छ ।