काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्रीबाट कवीन्द्र बुर्लाकोटी पनि पछि हटेका छन् । पदाधिकारी उम्मेदवारहरूको अन्तिम नामावलीमा उनको नाम हटेको हो ।
रास्वपामा एक मात्र महामन्त्री निर्वाचनबाट छानिने व्यवस्था छ । त्यसमा १० जनाले उम्मेदवारी दिएका थिए । जसमा दुईजनाले फिर्ता लिएका छन् । फिर्ता लिनेमा जगदिश खरेल पनि हुन् । अझै ८ जना मैदानमा छन् । बुर्लाकोटी निवर्तमान महामन्त्री हुन् ।
उम्मेदवारी कायम राखेकाहरूमा विपीन आचार्य, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली र सागर ढकाल रहेका छन् ।



प्रतिक्रिया