काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी तथा भूमिहीन नागरिकको समस्या समाधानमा सरकारले उच्च प्राथमिकता दिइरहेको बताएका छन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग छलफल गर्दै उनले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताए ।
उनले सरकारको प्रयासलाई सफल बनाउन प्रभावित नागरिकको पनि साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । ‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या हो, यसलाई सरकारले गहन रूपमा बुझेको छ। यहाँहरूले पनि सरकारलाई सहयोग गर्नुपर्यो’, गृहमन्त्री गुरुङले भने ।



प्रतिक्रिया