कांग्रेस संसदीय दलका नेता आङ्देम्बे भन्छन् – महाभियोगबारे सत्तारुढ नै स्पष्ट छैन 


काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले न्यायधिस महाअभियोगबारे सत्तारुढ दल रास्वपा नै स्पष्ट नभएको बताएका छन्।

सोमबार सिंहदरबारमा विपक्षी दलहरुको बैठकपछि उनले यस्तो बताएका हुन्।

‘उहाँहरूकै बिचमा पनि कसलाई, कहाँ कसरी महाअभियोग लगाउने विषयमा टुङ्गो लागिसकेको जस्तो लाग्दैन,’ आङ्देम्बेले भने ।

उनले महाअभियोग प्रस्तावमा कांग्रेसले सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा हाल कुनै निर्णय नभएको समेत बताए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाअभियोगबारे निर्णय गरेको सुने पनि त्यसबारे औपचारिक जानकारी आफूहरूसम्म नआएको उनको भनाइ छ ।

रास्वपाको निर्णयलाई उसको संसदीय दलले कसरी लिन्छ र विपक्षीसँग कसरी प्रस्तुत हुन्छ भन्ने आधारमा मात्रै कांग्रेसले निर्णय लिने आङ्देम्बेले बताए ।