हेटौंडा । बागमती प्रदेश सरकारले ६ वटा मन्त्रालय खारेज गर्दै १४ वटाबाट ८ वटा मात्रै मन्त्रालय कायम गरेको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज(शुक्रबार) ६ वटा मन्त्रालय खारेज गर्दै प्रदेश प्रमुख कार्यालयमा मन्त्रालय कार्यविभाजनको सिफारिस गरेका छन् ।
बानियाँले ८ वटा मन्त्रालय कायम गर्ने र खारेजमा परेका मन्त्रालयका मन्त्रीलाई विना विभागीय जिम्मेवारी तोक्न सिफारिस गरेको छ । सिफारिसअनुसार कांग्रेस र एमालेका ६ जना मन्त्रीहरू अब विना विभागीय जिम्मेवारीमा रहने भएका हुन् । मन्त्रीहरू किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनुकुमारी रायमाझी पौडेललाई बिना विभागीय बनाइएको छ।
गत २२ वैशाखमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था आज (१ साउन २०८३) देखि लागू भएको हो ।




प्रतिक्रिया