विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित ग्रामीण सडक सञ्जाल सुधार आयोजना अतिरिक्त लगानीको कारण प्रभावित संरचना घरटहरा तथा ‘भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशिका, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।
त्यसैगरी बैठकले ‘सार्वजनिक खरिद नियमावली–२०८३’, र कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३, स्वीकृत गर्ने निर्णय गरेको छ।




प्रतिक्रिया