जनकपुरधाम । सप्तरीको राजविराज कारागारमा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् ।
शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका हुन् ।
दुई/तीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको र सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको कारागारका रुपक मण्डलले जानकारी दिए ।
उनका अनुसार अहिले आन्तरिक छलफल भइरहेको छ । आत्मदाहको प्रयास भएपनि च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनले बताए ।
यद्यपी विवाद हुनुको कारण भने खुलाइएको छैन ।




प्रतिक्रिया