काठमाडौं । सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रवेश गर्न लागेका दुई महिलालाई प्रहरीले रोकेका छन् ।
‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र ‘घरेलु हिंसापीडित’ बिनु यादवलाई आज(सनिबार) गृह मन्त्रालयमा प्रवेश गर्न लाग्दा प्रहरीले रोकेको हो । उनीहरु गृहमन्त्रालयमा पुगेर आफ्ना माग तथा समस्या सम्बन्धित निकायसमक्ष राख्ने उद्देश्यले त्यहाँ पुगेका थिए।
प्रहरीले मन्त्रालयमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै घन्टी बजाउँदै सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उनीहरू सडकमै बसेर घन्टी बजाउँदै प्रदर्शनमा उत्रिएपछि प्रहरीले बल प्रयोग गरेर त्यहाँबाट हटाएको छ।
उनीहरु केहीदिन अघिदेखि निरन्तर सिंहदरबारको मूल गेटमै बसेर धर्ना दिइरहेका छन् ।




प्रतिक्रिया