बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने कुलमान घिसिङकाे दाबी


काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार ५ वर्ष नटिक्ने दाबी गरेका छन् ।

सनिबार पार्टीको रामेछाप खाँडादेवी–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार पनि जनताको चाहना अनुसार काम नगरेको उनले बताए ।

‘हाम्रो चाहना सरकार ५ वर्ष टिकोस् भन्ने हो। तर यस्तो तालले सरकार ५ वर्ष टिक्दैन। यसरी टिक्दैन। रास्वपाले पनि बोल्ने एउटा, गर्ने अर्को काम गरिरहेको छ ,’ उनले भने ।

उनले नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना हुनुमा सरकार जिम्मेवार हुने बताए । । उनले भने, ‘अहिले विगत ३–४ महिनामै ५ जना नेपाली नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति सिर्जना भयो । त्यो तत्कालीन घटनाको घटनाक्रम मात्रै होइन । त्यो निराशाको परिणाम सिर्जना गर्नुमा को–को जिम्मेवार छन्, सबैले जिम्मेवारी लिनुपर्छ। सबैभन्दा बढी जिम्मेवारी सरकारकै रहन्छ ।