काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाही केही दिनदेखि जापानमा छन् ।
उनले सनिबार राति आफूविरुद्ध भ्रामक प्रचारबाजी गरिएको भन्दै सामाजिक सञ्जालमा लाइभ आएर रास्वपा समर्थकहरूप्रति आक्रेशित भएका थिए । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोलाई लिए र विभिन्न टिकाटिप्पणीहरु भइरहेको छ । यसैबीच उनले कविताको लयमा फेसबुकमा कडा स्टाटस लेखेका छन् ।
यस्तो छ उनले लेखेको स्टाटस :-
जापानको रक्सी पनि कडा रहेछ !
वर्षौँदेखि मनमा लुकाउन खोजेका केही सत्य कुरा पनि मुखबाट फुत्त निस्किएछन् । जति लुकाउन खोजे पनि सत्य त लुक्दो रहेनछ ।
सहकारी ठगलाई ठग नै भनिएछ ।
गाँजडीको ग्याङलाई गाँजडी ग्याङ नै भनिएछ ।
खराने ग्याङलाई खराने ग्याङै भनिएछ ।
टीओबी ग्याङलाई टीओबी ग्याङ नै भनिए छ ।
नोट: खाँदै नखाएको रक्सी पनि लागेछ !
ल, विश्वभरिका बेरोजगार केटाहरू हो !
आज तिमीहरूको डलर तन्नै झर्छ
जति रोस्ट गर्न मन छ, गर ।
जति स्टाटस लेख्न मन छ, लेख ।
आज त कन्टेन्टको कमी छैन, पैसा पनि राम्रै
राम्रै कमाइ हुन्छ । नेपाल जाने भाडा पनि मलाई जुटाइदेऊ है, केटा हो !




प्रतिक्रिया