काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।
श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण पूरा गरी उनी आज स्वदेश फकिर्एका हुन् । प्रचण्ड १५ जुलाईमा श्रीलंका गएका थिए ।
भ्रमणका क्रममा उनले इन्टरनेुनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए ।
उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गरेका थिए ।
त्यसैगरी श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव तिल्भिन सिल्भा तथा पार्टीको पोलिटब्युरोसँग भएको छुट्टै भेटवार्तामा गरेका थिए ।




प्रतिक्रिया