काठमाडौँ । रुकुमपूर्वलाई केन्द्रबिन्दु बनाएर आइतबार अपराह्न भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ठीक ४ बजेर ३० मिनेटको समयमा ५.० म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।
भूकम्पको धक्का रुकुमपूर्व र त्यसको आसपासमा रहेका छिमेकी जिल्लाहरूमा समेत सर्वसाधारणले महसुस गरेका थिए। भूकम्पको धक्कापछि केहीबेर स्थानीय नागरिकमा त्रास फैलिएको र मानिसहरू घरबाहिर निस्किएका थिए।
पहाडी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको यस भूकम्पबाट भौतिक वा मानवीय क्षतिको के-कति असर पर्यो भन्नेबारे विस्तृत विवरण भने अहिलेसम्म प्राप्त भइसकेको छैन। हाल स्थानीय प्रशासन र सुरक्षा निकायबाट प्रभावित क्षेत्रको वस्तुस्थितिबारे बुझ्ने प्रयास भइरहेको बुझिएको छ।




प्रतिक्रिया