दिल्लीमा संसद् भवनतर्फ लागेका ककरोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज


काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले सोमबार राजधानी दिल्लीमा आयोजना गरेको ‘चलो संसद्’ मार्चमा प्रहरीले लाठी प्रहार गरेको छ। 

दिल्लीको जन्तरमन्तरमा उपस्थित बीबीसी हिन्दीका संवाददाता दिलनवाज पाशाले त्यहाँ बिहानैदेखि ठुलो भेला भएको बताएका छन्।

समाचार एजेन्सी एएनआईले सार्वजनिक भिडिओमा र्‍यापिड एक्सन फोर्स (आरएएफ) का कर्मचारीले भिड तितरबितर पार्न लाठी प्रयोग गरेको देखिन्छ।

साथै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएका तस्बिर पनि सार्वजनिक भएका छन्।  दिल्ली प्रहरीले सीजेपीलाई मार्चका लागि कुनै अनुमति नदिइएको बताएको छ।