कीर्तिपुरमा गुडीरहेको कारमा एक्कासि आगो लाग्दा चालकको मृत्यु


काठमाडौं । कीर्तिपुरमा आगलागि भएको निजी कारभित्र चालक जलेको अवस्थामा फेला परेका छन् ।

मंगलबार बिहान बा५च ३०३८ नम्बरको गाडी गुडीरहेको अवस्थामै आगलागी भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेका थिए ।

उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । मृतक चालकको सनाखत भने हुन बाँकी छ ।

गाडीमा आगो लाग्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन भने प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।