एमालेसँग मिलेर प्रदेश सरकार बनाउन प्रचण्डको जोड


काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन् ।

प्रदेशका मुख्य नेतालाई काठमाडौं बोलाएर उनले एमालेसँग गठबन्धन गरेर प्रदेश सरकार चलाउनुपर्नेमा जोड दिएका हुन् ।

प्रचण्डले सकेसम्म लोकतन्त्रवादी मिलेर जाने कुरा राखे पनि कांग्रेस तीन दल मिलेर सरकार बनाउने पक्षमा नदेखिएपछि प्रदेशलाई मध्यावधिमा लैजान नहुने र एमालेसँग गठबन्धन गरेर जानुपर्नेमा जेाड दिएका छन् ।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसअघि नै एक विज्ञप्ति जारी गर्दै बामपन्थी मिलेर जानुपर्ने बताएका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली पनि नेकपासँग मिल्न सकारात्मक रहेको स्रोतको दाबी छ ।