काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राष्ट्रिय भेला घोषणा गरेर नयाँ पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
बुधबार ४४ औं बीपी स्मृति दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले अब एकताको कुरा गरेर नहुने बताए ।
‘उहाँहरू भदौ २ बाट वडा अधिवेशनमा लाग्ने रे । हामी एकता एकता भनेर बसेर काम छैन । अब ठ्याक्क आज घोषणा गर्ने, अनि पार्टी बनाउने । देशभरि मनपरि भातृ संगठन बनेको छ, भटाभट प्यारालल संगठन हान्ने । महिला, विद्यार्थी सबैलाई अघि बढाउने ,’ उनले भने ।
उनले केन्द्रीय भेलाको घोषणा आजै हुनुपर्नेमा जोड दिए । ‘हामीले भनेका छौं, सातवटा प्रदेशको प्रदेश भेला पनि हामी हामी बसेर गर्नुपर्छ भनेका हौं । त्यसपछि लगत्तै केन्द्रीय भेला गर्ने भनेको हो, त्यो केही ढिलासुस्ती भएको छ । आज केन्द्रीय भेलाको घोषणा हुनुपर्छ ,’ उनले भने ।




प्रतिक्रिया