किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग अवरुद्ध


काभ्रेपलाञ्चोक । वर्षापछि आएको तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ ।

बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक पूर्णरूपमा अवरुद्ध बनेको छ ।

साथै दोलखाबाट तराईसहित कोशी प्रदेश जाने सवारीसाधन र सिन्धुली, रामेछाप हुँदै दोलखा आउने सवारी साधन पनि चल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार बुधबार मध्यराति तामाकोशीको बाढीले सडक भत्काएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको हो। उनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।