प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन पुगेका दुई महिला पक्राउ


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहलाई कालो झण्डा देखाउन पुगेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।

घरेलु हिंसामा परेको र अदालतमा विचाराधिन मुद्दा छिटो सुनुवाई हुनुपर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन गर्दै आइरहेका निहारिका राजपुत र विनु यादव शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारबाट पक्राउ परेका हुन्।

प्रधानमन्त्रीलाई सांकेतिक विरोधस्वरुप कालो झण्डा देखाउन पुगेका उनीहरुलाई झण्डा देखाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको छ।