रास्वपाका सांसद पन्थी आफ्नै निर्वाचन क्षेत्रमा लडेर घाइते


रूपन्देही । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद गोविन्द पन्थी लडेर घाइते भएका छन् । आफ्नै निर्वाचन क्षेत्र धुर्कोटमा भेटघाटको क्रममा लडेर उनी सामान्य घाइते भएका हुन् ।

गत फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा उनी गुल्मी क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी धुर्कोटका सभापति राजेन्द्र पोख्रेलका अनुसार उनी धुर्कोट आधारभूत अस्पतालमा उपचार तथा निरीक्षणपछि नियमित भेटघाटमै रहेका छन् ।