कांग्रेस सभापति गगन थापाले भने- ‘पार्टी एकता सहमति उन्मुख छ’


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी एकता सहमति उन्मुख रहेको बताएका छन् ।

पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना नेतृत्वको कांग्रेस समर्थित स्थानिय तहका जनप्रतिनिधिहरू आईतबार भएको भेटमा सभापति थापाले यस्तो बनाएका हुन् ।

सभापति थापाले वर्तमान चुनौती सामना गर्नका लागि पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने कार्य नगर्न सबैसँग आग्रह गरेको दबाब अभियानका संयोजक भीम ढुंगानाले जानकारी दिए । उनले पार्टी एकताका लागि दबाब अभियानले साउन १६ मा आयोजना गर्न लागेको राष्ट्रिय भेलासमेत स्थगित गर्न आग्रह गरेको बताए ।

‘हामी पार्टी भित्रको समस्या समाधानका लागि गम्भीरतापूर्वक लागेका छौं, मतभेद र बहस चर्काउने भन्दा पनि घटाउनु पर्छ,ु सभापति थापाको भनाई उदृत गर्दै ढुंगानाले भने,ुतपाईंहरूको पहल राम्रो छ, तर अहिले भेला गर्ने भन्दा पनि मसिनो गरि विषयहरू टुंगो गर्नु पर्ने भएकाले साउन १६ को भेला स्थगित गर्नुस्, आवश्यक परे बरू म आफैं बलाउनुस् भन्छु ।’

सभापति थापाले असन्तुष्ट नेताहरूसँग कार्य दल नै बनाएर सुष्म रूपले सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदसीय कार्यदल आज भोलि नै बन्ने जानकारीसमेत गराएका कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

विगत केही दिनदेखि शीर्ष नेताहरूलाई भेटेर पार्टी एकताका लागि दबाब दिइरहेको समूहले आइतबार सभापति थापासँग एक्लै भेटेको थियो । भेटका क्रममा स्थानिय तहका जनप्रतिनिधिहरूले पार्टी एकताबिना गाउँमा जनातालाई आशावादी बनाउन नसिकने र पार्टीको शाख फर्काउन नसिकने बताएका थिए । उनीहरूले पार्टी एकता नभए यही परिस्थितिमा पार्टीमा रहनुको औचित्य नहुने भन्दै स्थानीय तहबाट राजीनामासमेत दिने बताएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।