काठमाडौं, साउन ११ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै आफन्तले उनको उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो।
स्वास्थ्य अवस्था थप गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउनेक्रममा आज बिहान धादिङ पुगेका बेला बाटोमै निधन भएको हो ।
प्रहरीले मृतकको शव पुनः कैलाली फर्काएको छ। घटनाको कारण अझै खुल्न नसकेको र आत्मदाह प्रयासको वास्तविक कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले पारिवारिक, व्यक्तिगत वा अन्य कुनै कारणले उक्त घटना भएको हो भन्ने विषयमा सबै पक्षबाट अनुसन्धान भइरहेको बताएको छ।




प्रतिक्रिया