कांग्रेसले फेरि थप्यो क्रियाशील सदस्यता नवीकरणका लागि समय


काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र नवीकरणका लागि साउन १४ गतेसम्मको समय तोकेको छ। पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधि सभा क्षेत्र र वडा तहमा वडा सभापतिमार्फत प्राप्त भएका नयाँ क्रियाशील सदस्यता आवेदन र अनलाइन प्रणालीमार्फत आएका आवेदनहरूलाई अनुमोदन गर्ने अन्तिम मिति २०८३ साउन १४ गतेसम्म तोकिएको छ। यस्तै, पालिका र प्रतिनिधि सभा क्षेत्रले मातहतका तहबाट प्राप्त आवेदनहरू ३ दिनभित्र अनुमोदन गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

इन्टरनेटको पहुँच कम भएका हिमाली र विकट पहाडी जिल्लाहरूका साथै भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्यहरूको हकमा एक्सेल फारममार्फत सदस्यता अद्यावधिक गर्ने निर्णय बैठकले गरेको छ। यस्ता फारमहरू साउन १५ गतेभित्र केन्द्रमा बुझाइसक्नुपर्नेछ।