प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने

File Photo

काठमाडौं । प्रतिनिधिसभाको संक्षिप्त बैठक बस्ने भएको छ ।

रसुवामा आज बिहान गएको बाढीका कारण बैठकमा रहेका कार्यसूची हटाएर आकस्मिक समय मात्रै राख्ने गरी बैठक राख्न लागिएको हो । यसबारे छलफल भइरहेको संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर लगायतका कार्यक्रम छ । प्रश्नोत्तर कार्यक्रम स्थगित गर्ने र अन्य कार्यसूची पनि अगाडि नबढाउने गरी छलफल भइरहेको हो ।