रसुवामा बाढी : मानसरोवर यात्रामा निस्केका ५० जना पर्यटक सम्पर्कविहीन


काठमाडौं । आज बिहान रसुवामा आएको बाढीपछि कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका ५० जना पर्यटक सम्पर्कविहीन भएका छन्।

काठमाडौंको हिमालयन ग्लेसियरबाट मंगलबार गएका उनीहरूसँग सम्पर्क टुटेको कम्पनीका सञ्चालक सागर पाण्डेले जानकारी दिए।

उनीहरु रसुवा बोर्डर पुगेपछि आएको बाढीका कारण उनीहरूसँग सम्पर्क टुटेको हो।

पाण्डेकाअनुसार सम्पर्कविहीन हुनेमा भारतीय मूलका ४० जना अमेरिकी तथा क्यानडेली नागरिक र १० जना नेपाली रहेका छन्।