रसुवामा कसरी आयाे बाढी ?


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी कटिसकेको छ । बाढीका कारण भोटेकोसी नदीमा बुधबार बिहान एक्कासि जलसतह बढेको छ।

बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ भने त्रिशूली नदी आसपासका बस्तीमा समेत जोखिम बढेको छ। एकिन विवरण नआए पनि बाढीले धेरै धनजनको क्षती गरेको अनुमान गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी आएको समयमा जिल्लाको सदरमुकाम क्षेत्रमा वर्षा भएको थिएन। त्यसैले बाढी माथिल्लो क्षेत्रमा भएको कुनै प्राकृतिक घटनाका कारण आएको हुन सक्ने अनुमान गरिएको छ।

प्रारम्भिक रूपमा तिब्बत क्षेत्रमा हिमताल फुटेको हुन सक्ने आशङ्का गरिएको छ ।