ट्रमा सेन्टरका ७ चिकित्सक औषधि सहित रसुवाको बाढी क्षेत्रतर्फ हिँडे


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ हिँडेका छन् ।

सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको हो ।

रसुवामा आज बिहान भीषण बाढी आएपछि धेरै धनजनको क्षती भएको छ ।