गोरखाको छेकम्पारमा सुख्खा पहिरो


काठमाडौँ । गोरखाको छेकम्पारमा सुख्खा पहिरो खस्दा बुढीगण्डकी आंशिक थुनिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादर श्रेष्ठका अनुसार सोमबार बिहान छेकम्पारको वडानम्बर ७ सियारखोलमा पहिरो गएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पहिरोले नदीको पुरै पानी नथुनिएको भन्दै निकास भइरहेको जानकारी दिए ।

छेकम्पार चौरी खर्क पारी ठूलो पहिरो गएर चुमबाट बग्ने बूढीगण्डकी थुनेको भन्ने हल्ला केहीबेर देखि सामाजिक सञ्जालमा फैलिइरहेको छ ।

पहिरोले केही समय नदी थुनिएको भए पनि अहिले बग्न थालिसकेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।