भोटेकोशी बाढी : ३९ सय २५ सम्पर्कविहीन, ११ हजार बढीको उद्धार


काठमाडौं । भोटेकोशी बाढीमा परेका मध्ये हालसम्म ९३९ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १५ सम्म ३९ सय २५ व्यक्ति सम्पर्कविहीन रहेका छन्।

सोमबार रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५ जनाको शव फेला परेको हो । गोरखामा ६५, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ ।

बेपत्तामा हुनेमा नुवाकोटमा १५ सय ५८ को विवरण प्राप्त भएको छ । हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । बाढीमा परी घाइते हुनेको संख्या २७९ रहेको छ ।