प्रधानमन्त्री राहत कोषमा झन्डै ६ अर्ब ३६ करोड


 काठमाडौं । रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड भन्दा बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ फेसबुकमार्फत दिएको जानकारी अनुसार नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा उक्त रकम जम्मा भएको हो ।

प्रधानमन्त्री राहत कोषमा आज दिउँसोसम्म ९ वटा वाणिज्य बैंकका खाताहरूमा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री शाहले लेखेका छन् ।

यस्तै, हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । जुन नेपाल राष्ट्रबैंकको सोमबारको विनिमय दर अनुसार करिब ४८ करोड ६३ लाख ६२ हजार ८० नेपाली रुपैयाँ हुन आउँछ ।

दुवै रकम जोड्दा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार बढी रुपैयाँ पुग्छ ।