राष्ट्रिय सभाको बैठक भदौ २३ गतेसम्मका लागि स्थगित


काठमाडौँ । राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ २३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको जानकारी दिए ।