काठमाडौं । युवा व्यवसायी तथा अभियन्ता राम केवल गुप्ताले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। उनले प्रधानमन्त्री राहत कोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
गुप्ताले देशभरका युवा, नागरिक तथा कलर व्यवसायीहरूलाई समेत आफ्नो क्षमताअनुसार सहयोग गर्न अपिल गरेका छन् ।
रसुवामा बाढीले पुर्याएको क्षतिको कल्पना गर्न नसकिने अवस्था रहेको भन्दै उनले विपद्को यस कठिन घडीमा सबै एक ठाउँमा उभिएर सहयोग गर्नुपर्ने बताए।
उनले निजी क्यूआर कोडमा भन्दा पनि सरकारको आधिकारिक क्युआर कोडमा सहयोग गर्न आह्वान गर्दै भने , ‘प्राइभेट क्यूआर कोडमा स्क्यान नगर्नुस्, सरकारको क्यूआर कोडमा सहयोग गर्नुहोस् ।´
विपद् प्रभावित नागरिकको उद्धार तथा राहतका लागि देशभरका युवा र नागरिकलाई प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न गुप्ताले आग्रह गरेका छन्।




प्रतिक्रिया