काठमाडौँ। नेकपा (एमाले) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो ।
आजको बैठकमा हालैको बाढी, पहिरो र प्राकृतिक विपद्ले देशभर पुर्याएको क्षति र त्यसपछि उत्पन्न परिस्थितिका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा पार्टीको तर्फबाट प्रस्तुत गरिने एजेण्डा तय गर्न बैठक बसिरहेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।
महरका अनुसार बैठकमा विशेष गरी रसुवाको भोटेकोशी बाढी लगायत देशका विभिन्न भागमा भएका विपद्का घटना, राहत, उद्धार र पुनर्निर्माणका विषयमा सघन छलफल हुनेछ ।




प्रतिक्रिया