प्रधानमन्त्री बालेनलाई जापानकी प्रधानमन्त्री ताकाइको टेलिफोन


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच टेलिफोन वार्ता भएको छ ।

भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि जापानकी प्रधानमन्त्री ताकाइचीले मंगलबार प्रधानमन्त्री बालेनलाई फोन गरेकी हुन् ।

‘प्रधानमन्त्रीज्यू समग्र प्रतिकार्यको अनुगमन र पर्यवेक्षणमा निरन्तर खटिनुभएको छ । उहाँलाई भर्खरै जापानका प्रधानमन्त्रीज्यूबाट टेलिफोन कल प्राप्त भएको थियो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले भने ।