नुवाकोट । नेपालमा आएको भीषण बाढी र पहिरोका पीडितको उद्धार तथा राहतका लागि संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीले आर्थिक सहयोग पठाएका छन्।
युएईमा सक्रिय सामाजिक संस्था ‘नेपाली फिटनेश टिम’ ले वैदेशिक रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरूबाट रकम संकलन गरी नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ७७ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको हो।
विदेशी भूमिमा रहेर पनि मातृभूमिको विपत्तिमा ऐक्यबद्धता जनाउँदै संकलित यो रकम पीडितका घाउमा सानो मलम बन्ने संस्थाको विश्वास छ। बाढीपहिरोले देशका विभिन्न भागमा ठूलो जनधनको क्षति पुर्याएपछि खाडी मुलुकमा रहेका नेपालीहरूले यसरी विभिन्न माध्यमबाट राहत जुटाउने क्रम जारी राखेका छन्।
गत १० भदाैमा रसुवाकाे भाेटेकाेशीमा आएकाे विनाशकारी बाढीबाट धेरै धनजनकाे क्षती भएकाे छ ।




प्रतिक्रिया