१५औँ महाधिवेशन तयारीमा कांग्रेस : राष्ट्रिय सभा गृह बुकिङ


काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १५ देखि २० गतेसम्म तय गरिएको १५औँ महाधिवेशनका लागि राष्ट्रियसभा गृहको हल बुकिङ गरेको छ। महाधिवेशन सञ्चालनका लागि मुख्य थलोका रूपमा राष्ट्रियसभा गृह प्रयोग गर्न केन्द्रीय कार्यालयले औपचारिक प्रक्रिया अघि बढाएको हो।

कांग्रेसद्वारा पठाइएको पत्रमा महाधिवेशनका गतिविधि सञ्चालन गर्न राष्ट्रिय सभा गृहको प्रदर्शनी हल, लबी, पार्किङ क्षेत्र र बगैँचा नेपाली कांग्रेस केन्द्रीय कार्यालयको नाममा उपलब्ध गराउन अनुरोध गरिएको छ।

केन्द्रीय कार्यसमितिको बैठकले असोज १५ देखि २० गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेसँगै पार्टीले आवश्यक व्यवस्थापकीय र भौतिक तयारीलाई तीव्रता दिएको छ।