जेन्जी आन्दोलनको इतिहास साबित गर्न ३ करोड नेपाली जनताले जिताएर पठायो : गृहमन्त्री


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेन्जीको मागलाई सरकारले सम्बोधन गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले जेन्जीको मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले जेन्जी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हुने बताए।

उनले भने,‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेको देख्दाखेरि अचम्मै लाग्छ। उहाँहरू सबै जनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।’

जेन्जी आन्दोलनको इतिहास साबित गर्नलाई ३ करोड नेपाली जनताले जिताएर पठाएको उनले जिकिर गरे ।

‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस्। त्यही भएर सुध्रिनुस्। अझै पनि समय छ सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन। भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ। न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ। अहिले पनि छैन,’ उनले भने ।