धनगढी, २४ भदौ । भोटेकोशी बाढीको कारण प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनगढी नगर प्याब्सनले रु २८ लाख ६१ हजार १० सहयोग गर्ने भएको छ ।
धनगढी नगर प्याब्सन अन्तर्गतका सदस्य विद्यालय, विद्यालय व्यवस्थापन, प्रिन्सिपल, शिक्षक, कर्मचारी तथा विद्यार्थीबाट सङ्कलन भएको रकम ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा जम्मा गरिनेछ ।
धनगढी नगर प्याब्सनका अध्यक्ष धु्रबबहादुर सिंहले प्राकृतिक विप्दको समयमा सहयोग गर्नु उच्च मानवीय दायित्व भएको बताए । सङ्कलित रकम प्याब्सन कैलालीका वरिष्ठ उपाध्यक्ष छत्रराज पण्डितमार्फत जिल्ला कार्यसमिति हुँदै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने उनले बताए । सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई आत्मसात् गर्दै प्याब्सनले आफ्ना सदस्य विद्यालयबाट आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो ।
प्रतिक्रिया