बाजुरा । खोलाले बगाउँदा बाजुरा जगन्नाथ गाउँपालिका–३ का १७ वर्षीय अनुज सिंह बेपत्ता भएका छन् । प्रहरीका अनुसार खोला तर्ने क्रममा बगेर उनी बेपत्ता भएका हुन् ।
मंगलबार दिउँसो बाख्रा चराउन गएका किशोर सोही ठाउँको कालसिंगे खोला तर्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गगनसिंह भाटले जानकारी दिए ।
प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको नेतृत्वमा तीन र सशस्त्र प्रहरी बल नेपाल गुल्म बाजुरा विपद् उद्धार सुरक्षा बेस कोल्टीबाट सातजनाको टोली खटिएर बेपत्ता किशोरको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया