काठमाडौँ । विश्व बजारमा बुधबार कच्चा तेलको लगातार चौथो दिन पनि बढेको छ । पश्चिम एसियामा द्वन्द्व चर्किँदै गएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको हो । उक्त दिन लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०० डलर नजिक पुगेको छ ।
यसले एसियाली सेयर बजारमा पनि तेलको भाउको दबाब देखिएको छ । तेलको भाउमा भइरहेको वृद्धिले महँगी थप बढाउन सक्ने चिन्तबिच लगानीकर्ताको ध्यान अमेरिकी उपभोक्ता मूल्यसम्बन्धी तथ्याङ्कतर्फ केन्द्रित भएको छ ।
बुधबार सुरुवाती कारोबारमा ब्रेन्ट क्रुड फ्युचर्स १ डलर ५७ सेन्टले बढेर प्रतिब्यारेल ९९ डलर ४९ सेन्टमा थियो । ब्रेन्टको भाउ यो स्तरमा पुगेको जुनको अन्त्ययता पहिलो पटक हो ।
न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट ९डब्ल्यूटीआई० क्रुडको मूल्य पनि उक्त दिन १ डलर ६० सेन्टको वृद्धिसहित ब्यारेलकै ९४ डलर ६३ सेन्ट पुगेको थियो ।
क्जष्खबm ऋझभलत
पश्चिम एसियामा पछिल्ला दिनमा सैन्य गतिविधि बढेको छ । मंगलबार इरान समर्थित यमनका हुथीहरूले साउदी अरबका विभिन्न सहरमा आक्रमण गरेका थिए ।
उता, अमेरिकी सेनाले केही इरानी तेल ट्याङ्करमाथि कारबाही गर्यो । यसको जवाफमा इरानले पनि जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको समाचार आएको छ । एजेन्सी




प्रतिक्रिया