कांग्रेसले १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा गर्ने


काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा गर्ने भएको छ । कांग्रेसले आगामी असोज १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने भएको हो ।

पार्टीले महाधिवेशनको उद्घाटन समारोह खुलामञ्चमा आयोजना गरिने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

कार्यवाहक मुख्य सचिव दुलालका अनुसार चुनावी कार्यक्रम स्थलबारे भने निर्णय गर्न बाँकी छ । कांग्रेसले मंगलबारमात्रै १५औं महाधिवेशनका लागि हल उपलब्ध गराउन राष्ट्रिय सभा गृहलाई पत्र लेखेको थियो ।