काठमाडौं । मैनाली समाज नेपालले रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
समाजले संकलन गरेको उक्त रकम बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
बाढीका कारण रसुवा भोटेकोसी क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै स्थानीय नागरिक प्रभावित भएपछि राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले समाजले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
समाजले अकल्पनीय बाढीबाट भएको मानवीय क्षति, धन–सम्पत्ति तथा पशुधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपतबाट प्रभावित परिवारहरूले भोगिरहेको पीडा, आफ्ना आफन्तको अवस्थाबारेको अनिश्चितता तथा लामो प्रतीक्षाबाट उत्पन्न कष्टप्रति पनि समाजले गहिरो संवेदना व्यक्त गरेको छ ।
मैनाली समाज नेपालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।




प्रतिक्रिया