काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले शैक्षिक परामर्श क्षेत्रसँग सम्बन्धित विषयमा समाचार सम्प्रेषण गर्दा तथ्य र प्रमाणका आधारमा निष्पक्ष पत्रकारिता गर्न आग्रह गरेको छ।
ईक्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ईक्यानले विद्यार्थी, परामर्श संस्था तथा विदेशी शैक्षिक संस्थासँग सम्बन्धित विषयमा एकपक्षीय समाचार प्रकाशन गर्दा सम्बन्धित पक्षको प्रतिष्ठा र विद्यार्थीको भविष्यमा असर पर्न सक्ने जनाएको छ।
संस्थाले कुनै आरोप लाग्दैमा सम्बन्धित व्यक्ति वा संस्थालाई दोषी ठहर गर्न नहुने भन्दै अनुसन्धान र प्रमाणका आधारमा निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएको छ।
साथै, पत्रकारिताको स्वतन्त्रता र व्यावसायिक मर्यादा कायम राख्दै सम्बन्धित सबै पक्षको भनाइ समेटेर जिम्मेवार समाचार सम्प्रेषण गर्न ईक्यानले आग्रह गरेको छ।
ईक्यानले आफ्ना सदस्य संस्थामाथि आएका उजुरी र गुनासालाई समेत संस्थागत प्रक्रिया तथा प्रमाणका आधारमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया