गगन थापा नेतृत्वको कार्यसमितिलाई अध्यावधिकका लागि कांग्रेसले आयोगमा दियो निवेदन


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई आज निर्वाचन आयोगमा अद्यावधिक गरिएको छ।

महामन्त्री प्रदीप पौडेलले निर्वाचन आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका हुन्।

कांग्रेसको विधान संशोधन सम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्ताबेज, समसामयिक राजनीतिक दस्ताबेज, महाधिवेशनको निर्णय पनि आयोगलाई बुझाइएको छ।

कांग्रेसको नयाँ कार्यसमितिको विवरण बुझाउँदा आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की पनि उपस्थित थिए।