समस्याग्रस्त आयोजनाको ठेक्का तोडिने


काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण सम्भव नभएका आयोजनाको ठेक्का अन्त्य गरी समस्याग्रस्त आयोजनालाई विभागको कार्यक्षेत्रबाट हटाइने बताएका छन्।

शहरी विकास तथा भवन निर्माण विभागमा आयोजित समीक्षा बैठकमा उनले यस्तो निर्णय भएको जानकारी दिएका हुन्।

विभागअन्तर्गतका २ हजार ८०७ कार्यक्रममध्ये ७२ वटा आयोजना समस्याग्रस्त रहेको पाइएको छ। तीमध्ये १० वटा सम्पन्न भएका छन् भने चार वटाको ठेक्का रद्द गरिएको छ।

त्यस्तै, आठ आयोजनाको ठेक्का अन्त्य प्रक्रिया अन्तिम चरणमा छ, ३२ वटाको म्याद थपिएको छ भने १८ वटाको म्याद समाप्त भएको छ।