काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पोखरेलले ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाभित्र रहेको त्रिविको उक्त जग्गा फिर्ता गर्न सफल भएको बताएका हुन्।
उनका अनुसार मन्त्रालयको नेतृत्व सम्हालेसँगै अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भएका विश्वविद्यालयका जग्गा खाली गराउन निर्देशन दिइएको थियो।
त्रिवि प्रशासनसँगको निरन्तर समन्वय र प्रशासनिक पहलबाट जग्गा फिर्ता ल्याउन सफल भएको उनको भनाइ छ।
फिर्ता भएको जग्गा अब विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, अनुसन्धान केन्द्र स्थापना तथा शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गरिने मन्त्री पोखरेलले बताएका छन्।




प्रतिक्रिया